आलियाको ‘गंगुबाई काठियावाडी’ फागुनमा रिलिज हुने



रंगखबर, काठमाडौँ – संजयलीला भन्सालीको फिल्म ‘गंगुबाई काठियावाडी’ले नयाँ रिलिज डेट छनोट गरेको छ ।

अलिया भट्टले शिर्ष भूमिका निर्वाह गरेको फिल्म अब फेब्रुअरी २५ अर्थात फागुन १३ मा रिलिज हुनेछ ।

यसअघि जनवरी ६ मा रिलिज हुने भनिएको फिल्म एसएस राजामौलीको ‘आरआरआर’सँग भिड्नु पर्ने भएपछी पछाडी सरेको थियो ।

फेब्रुअरी १८ को डेट छोड्दै निर्माण पक्षले फिल्म एक साता पछाडी सारेको हो ।

हुसैन जैदीको किताब ‘द माफिया क्विन अफ मुम्बई’मा आधारित ‘गंगुबाई काठियावाडी’मा अलियासँगै अजय देवगण, इमरान हास्मी, विजय राज, शंतानु महेश्वरी, जिम सर्भ, इन्दिरा तिवारी, सीमा पह्वा, वरुण कपूरलगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक भन्सालीको फिल्म भएकाले ‘गंगुबाई काठियावाडी’ प्रतिक्षित छ । संजयले ‘बाजिराव मस्तानी’, ‘देवदास’, ‘ब्ल्याक’, ‘पद्मावत’जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्