काउली बुढीपछि फुलन्देकी आमासँग शंकरको दोहोरी ब्याटल



रंगखबर, काठमाडौँ – गायक शंकर क्षेत्रीले हास्यकलाकार उमेश राई (फुलन्देकी आमा)सँगको दोहोरी ब्याटल सार्वजनिक गरेका छन् ।

कलाकार सन्ध्या बुढा (काउली बुढी)सँगको ब्याटललाई दर्शकले रुचाएपछि शंकरले फुलन्देकी आमासँग दोस्रो ब्याटलको लागि सहकार्य गरेका हुन् ।

शंकर कै शब्द र संगीत रहेको ब्याटल दोहोरीमा कमल सौरागको एरेञ्ज छ ।

ब्याटलको भिडियो निर्देशन शंकर स्वयम्ले गरेका हुन् । करण चैसिरले खिचेको भिडियो सम्पादन नविन घर्ति मगरले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्