‘परस्त्री’ बन्दै शिल्पा मास्के



रंगखबर, काठमाडौँ – अभिनेत्री शिल्पा मास्केले नयाँ फिल्म साइन गरेकी छन् । निर्माण कम्पनि डिएस डिजिटलले आइतबार शिल्पालाई फिल्म ‘परस्त्री’को लागि छनोट गरेको हो ।

सुरज पाण्डेको डेब्यु निर्देशन रहने फिल्ममा सम्भवत: अभिनेता कोसिस क्षेत्री र शिल्पाको जोडी बाँधिनेछ । फिल्म घोषणा भन्दा अगाडी नै कोसिस मुख्य भूमिकामा फाइनल भैसकेका थिए ।

शिल्पाले अभिनय गरेको पछिल्लो फिल्म ‘कठपुतली’ पुष मध्यतिर रिलिज भएको थियो । शिल्पाका ‘ब्रेकअप’, ‘कागजपत्र’ र ‘सानो मन’ जस्ता फिल्म सार्वजनिक प्रदर्शनमा आइसकेका छन् ।

शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मका लागि एक/एक जना अभिनेता र अभिनेत्री अडिसन मार्फत छनोट गरिने लेखक दीपेन्द्र के खनालले जानकारी दिएका छन् ।

फागुन तेस्रो सातादेखि फ्लोरमा जाने ‘परस्त्री’लाई निरज कँडेलले खिच्नेछन् । निर्मात्री शर्मिला पाण्डेले निर्माण गरेको अर्को फिल्म ‘चिसो मान्छे’ बैशाख ३० देखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्