महाशिवरात्रीको छेकोमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुने



रंगखबर, काठमाडौँ – कोरोनाको तेस्रो लहरका कारण माघ १९ गते रिलिज हुन नपाएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ले नयाँ रिलिज डेट पाएको छ ।

चलचित्र प्रदर्शन कार्यदलको बैठकले ‘म यस्तो गीत गाउँछु २’लाई फागुन १३ मा रिलिज गर्ने निधो गरेको छ । यो सँगै यहि मितिमा रिलिज हुने भनिएको फिल्म ‘लप्पन छप्पन २’ पछाडी हटेको छ ।

चलचित्र प्रदर्शन कार्यदलले चैत मसान्तसम्म कुनै पनि नेपाली फिल्म जुध्न नपाउने निर्णय यसअघि नै गरिसकेको थियो । कार्यदलले रिलिज निर्णय गर्ने फिल्मले नै हलबाट प्राप्त हुने शेयरमा लाभ लिन सक्नेछन् ।

सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु २’ कोरोना कै कारण दुई वर्षदेखि रिलिज हुन् पाएको थिएन । फिल्मको प्रचारका लागि भनेर निर्माण पक्षले केहि गीत छायांकनसमेत गरेको छ ।

प्रेमकथामा आधारित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, सोनीका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्