एक महिना पछाडी धकेलियो स्वस्तिमाको ‘चिसो मान्छे’



रंगखबर, काठमाडौँ – स्वस्तिमा खड्का स्टारर फिल्म ‘चिसो मान्छे’को रिलिज डेट परिवर्तन गरिएको छ । सरकारले बैशाख ३० मा स्थानीय निकाय चुनाव घोषणा गरेपछि ‘चिसो मान्छे’ एक महिना पर धकेलिएको हो ।

दीपेन्द्र के खनाल निर्देशित फिल्म अब असार ३ मा रिलिज हुनेछ । नयाँ रिलिज डेटसँगै निर्माण पक्षले फिल्मको नयाँ पोस्टरसमेत सार्वजनिक गरेको छ ।

सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य पात्र स्वस्तिमा फिचर्ड छिन । उनको सुदुरपश्चिमेली पहाडी लूक्सले धेरैको ध्यान केन्द्रित गर्छ ।

‘बुलबुल’पछि स्वस्तिमाको अभिनय क्षमतालाई ‘चिसो मान्छे’ले उचाईमा पुर्याउने विश्वास लिइएको छ ।

स्वस्तिमाले निर्वाह गरेको पात्रलाई पोस्टरमा दुखि र निरिह देखाइएको छ । फिल्मले मलेसियामा मृत्यु भएका कामदारको लासलाई आफ्नो पत्नीले काठमाडौँदेखि बझाङ पुर्याउँदाको संघर्षको कथा भन्छ ।

शर्मिला पाण्डेले निर्माण गरेको ‘चिसो मान्छे’को कथा निर्देशक खनाल कै हो ।

प्रतिक्रिया दिनुहोस्