रिक्रिएट गरिएको ‘फूलको थुँगा’मा अनमोल र सुहानाको गज्जब केमेस्ट्री



रंगखबर, काठमाडौँ – अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।

‘फूलको थुँगा’ बोलको गीतमा अनमोल र सुहानाको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ । २० वर्ष अगाडी रिलिज भएको ‘ए मेरो हजुर’को शिर्ष गीतको हूक, संगीत र शब्दको केहि अंश मिलाएर ‘फूलको थुँगा’को नयाँ भर्सन तयार गरिएको हो ।

कर्णाली प्रदेशको डोल्पा जिल्ला स्थित शे-फोक्सुण्डो ताल परिसरमा यो गीत छायांकन गरिएको हो ।

सार्वजनिक गीतमा कल्याण सिंहको संगीत, रवि मल्लको शब्द, उदयराज पौडेलको एरेञ्ज र सुगम पोखरेल/अस्मिता अधिकारीको स्वर छ ।

गीतको ओर्जिनल भर्सनमा समीर/हिमालको संगीत, स्वर्गीय शिव रेग्मीको शब्द र उदितनारायण झा/दीपानारायण झाको आवाज थियो ।

सार्वजनिक गीतको भिडियोमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

बैशाख १ गतेदेखि अलनेपाल रिलिज हुने फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा झरना र स्वर्गीय निर्देशक छेतेन गुरुङको कथा रहेको छ । भने पटकथा/संवादमा झरना र छेतेनसँग मनदीप गौतमले सहकार्य गरेका छन् ।

सुनिलकुमार थापाले निर्माण गरेको ‘ए मेरो हजुर ४’मा हिमाल केसीको एक्सन, संजय लामाको छायांकन र मित्र डि गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्