‘वैंशको गोली’ हान्दै अनिता, राजु, मरिचमान र सविना ~ भिडियो ~



रंगखबर, काठमाडौँ – हास्य कलाकार अनिता बस्नेत (मास्टर्नी)ले नयाँ गीत ‘वैंशको गोली’ सार्वजनिक गरेकी छन् । उनले आफ्नै युट्युब च्यानल ‘अनिता बस्नेत’बाट सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक गीतमा हरी गिरी विमर्शीको शब्द/संगीत, कृष्ण केसीको एरेञ्ज र टिका प्रशाई/हरी गिरी विमर्शीको स्वर छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशन रहेको म्युजिक भिडियोमा अनितासँगै राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) र सविना आचार्यले कम्मर मर्काएका छन् ।

गीतमा राजु र अनिता, मरिचमान र सविनाको जोडी बाँधिएको छ ।

उत्तम हुमागाईंले खिचेको म्युजिक भिडियोमा नविन निरौलाको सम्पादन र रंग संयोजन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्