अनमोलपछि ‘हनी बनी’मा सलोनको इन्ट्री



रंगखबर, काठमाडौँ – दीवाकर भट्टराईले निर्देशन गर्ने गर्ने रोमान्टिक फिल्म ‘हनी बनी’मा अभिनेता सलोन बस्नेतले इन्ट्री गरेका छन् ।

आइतबार निर्देशक भट्टराई र निर्माता अजित केआर थापाले सलोनलाई मुख्य कलाकारको रुपमा फाइनल गरेका हुन् ।

मार्चदेखि छायांकन सुरु हुने ‘हनी बनी’को लिड रोलमा यसअघि अभिनेता अनमोल केसी फाइनल भैसकेका थिए । अनमोलले यसअघि दीवाकरको निर्देशनमा फिल्म ‘क्याप्टेन’मा अभिनय गरेका थिए ।

यस्तै ‘हनी बनी’मा अनमोल र सलोनको यो पाँचौं सहकार्य हुनेछ । ‘होस्टेल’देखि सुरु भएको अनमोल र सलोनको सहकार्य ‘गाजलु’, ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’सम्म सफल बन्यो ।

फिल्मको लागि दुई अभिनेता तय भएपनि अभिनेत्रीको भने टुंगो लागिसकेको छैन ।

एबी इन्टरनेशनलको व्यानरमा निर्माण हुने फिल्ममा अमित बस्नेत, अजितकुमार थापा र परी रानाको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्