भरपुर एक्सनसहितको ‘लप्पन छप्पन २’ ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ – फागुन २० देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लप्पन छप्पन २’को ट्रेलर रिलिज गरिएको छ ।

मुकुन्द भट्टले निर्देशन गरेको फिल्मको मेकिङ ट्रेलरमा रिच देखिएको छ । एक्सन ड्रामा हेर्न रुचाउने दर्शकका लागि ‘लप्पन छप्पन २’ खुराक बन्न सक्छ ।

ट्रेलरमा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको छ ।

निर्देशक भट्ट, सुनिल नेउरे र अमित शर्माको पटकथा/संवाद रहेको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, स्वर्गीय दीपक क्षेत्री, सरिता गिरी, प्रकाश कुँवरलगायतका कलाकारहरुको अभिनय छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रञ्‍जित वन्तलगायतले डेब्यु गर्दैछन् ।

सम्भवत: यस वर्ष रिलिज हुने फिल्महरुमा ‘लप्पन छप्पन २’ सबैभन्दा ठुलो स्टारकास्टले भरिएको फिल्म हुनेछ ।

मल्टीस्टाररका कारण फिल्मले हलसम्म दर्शक तान्न सक्ने अनुमान गरिएको छ । अब हेर्न बाँकी छ, फिल्मले बक्सअफिसमा कस्तो नजिता पस्किनेछ ।

नेपालीसँगै हिन्दि, तामिल, तेलुगु, भोजपुरी र चाइनिज गरेर ६ भाषामा तयार भएको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।

हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्