बैशाखमा सलमानसहितका बलिउडकर्मी नेपाल आउने



रंगखबर, काठमाडौँ – बैशाख ३ गतेको कन्सर्टका लागि बलिउड अभिनेता सलमान खानसहितको कलाकारको टोली  नेपाल आउने भएका छन् ।

ओडिसी इन्टरटेनमेन्टले सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, कोरियोग्राफर एवं निर्देशक प्रभु देवा, अभिनेत्री ज्याकलिन फर्नान्डेज, कार्यक्रम होस्ट मनिष पल, कलाकार आयुश शर्मा, गायक गुरु रन्धवालाई नेपाल भित्र्याउन लागेको हो ।

ओडिसीले यो कन्सर्ट तीन वर्ष अगाडी नै गर्नेवाला थियो । तर, तत्कालीन समयमा भूमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कार्यक्रम नगर्न धम्की दिएपछि आयोजकले अन्तिम समयमा सलमानको टुर रद्द गरेको थियो ।

त्यसपछि कोरोनाका कारण ओडिसीले बलिउडकर्मीहरुले नेपाल ल्याउन सकेन । पछिल्लो समय कोरोना संक्रमण घट्दै गएपछि आयोजकले कन्सर्टको तयारी थालेको हो ।

सलमानसहितका कलाकारले बैशाख ३ गते दशरथ रंगशालामा दर्शक झुमाउने छन् ।

प्रतिक्रिया दिनुहोस्