हिमालदेखि समुन्द्रसम्म माया खोज्दै अस्मिता ~ भिडियो ~



रंगखबर, काठमाडौँ – कलाकार अस्मिता जुरेलीले नयाँ गीत ‘खोजे मैले मायालाई’ सार्वजनिक गरेकी छन् । गीतमा अस्मिताले स्वयम्ले आवाज दिएकी छन ।

कोये दीलिपको शब्द र संगीत रहेको गीतमा अस्मिताले नै अभिनय गरेकी छन् । रोमान्टिक गीतले मायालुको पर्खाइमा रहेकी प्रेमिकाको गुनासो पोख्छ ।

समीर मियाँले निर्देशन गरेको म्युजिक भिडियो ‘टंक बुढाथोकी’को युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

निर्देशक मियाँको रंग संयोजन र भिएफएक्स रहेको गीतको भिडियोमा रविन थापा मगरको छायांकन, मनोज लामाको मेकअप र बन्दे प्रसादको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्