‘बच्चन पाण्डे’को ट्रेलर रिलिज, दर्शकले भने ‘मास इन्टरटेनर’



रंगखबर, काठमाडौँ – अभिनेता अक्षय कुमारको शिर्ष भूमिका रहेको फिल्म ‘बच्चन पाण्डे’को ट्रेलर रिलिज भएको छ ।

फरहाद साम्जी निर्देशित फिल्मको ट्रेलर ‘मास इन्टरटेनर’ लाग्छ । ट्रेलरमा धमाकेदार एक्सन, मल्टीस्टार, डान्सिङ नम्बर, कमेडी डोज, क्राइम सिनहरु भरपुर प्रयोग गरिएको छ ।

दर्शकले ट्रेलरलाई धमाकेदार भनेका छन् । फिल्ममा अक्षयका अलावा कृति सेनोन, ज्याक्लिन फर्नान्डेज, अर्षद वार्सी, पंकज त्रिपाठी, संजय मिश्रा जस्ता चर्चित कलाकारहरुको अभिनय छ ।

साजिद नाडियडवालाले निर्माण गरेको यो फिल्म होलीको अवसर पारेर मार्च १८ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्