रंगखबर, काठमाडौँ – अनमोल केसी र सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘हनी बनी’को रिलिज डेट घोषणा गरिएको छ ।
निर्माण पक्षले आगामी दशैँको अवसरमा फिल्म रिलिज गर्ने घोषणा गरेको हो । यो फिल्म असोज १४ देखि प्रदर्शनमा आउनेछ । शुक्रबार रिलिज हुँदा फिल्मले शनिबारको विदा र आइतबारदेखि फूलपातीहुँदै विजया दशमीसम्मको विदा खान पाउनेछ ।
दीवाकर भट्टराईले निर्देशन गर्ने फिल्मको लागि अहिलेसम्म मुख्य अभिनेत्री तय भएकी छैनन् । मार्चदेखि छायांकन सुरु हुने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन ।
एबी इन्टरनेशनलको व्यानरमा निर्माण हुने फिल्ममा अमित बस्नेत, अजितकुमार थापा र परी रानाको लगानी रहनेछ ।