‘बिरानो देश’मा रोशनीको मन छुने अभिनय



रंगखबर, काठमाडौँ – संगीतकर्मी द्रिप चाम्लिङले नयाँ गीत ‘बिरानो देश’ सार्वजनिक गरेका छन् । गीतमा चाम्लिङ कै शब्द रचना छ ।

कामको शिलशिलामा विदेश जाने दम्पतिको व्यथा र प्रेम गीतमा बुनिएको छ । सुरेश अधिकारीको संगीत रहेको गीतमा विश्व नेपालीको स्वर छ ।

गीतको भिडियो निर्देशन भने राजेश पुमा राईले गरेका हुन् । भिडियोमा उनले गीतको भाव मर्न दिएका छैनन् । रोशनी कार्की र सनम कठायतको अभिनयले म्युजिक भिडियोलाई अझ सुन्दर बनाएको छ ।

उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडियोमा विकास दाहालको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्