दोषी भए सजाए भोग्न तयार छु – पल शाह (अडियो संवादसहित)



रंगखबर, काठमाडौँ – नाबालिग बलात्कार मुद्धामा मुछिएका अभिनेता पल शाहले आफु दोषी भएको पुष्टि भएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् ।

बुधबार तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिग गायिकाले पल विरुद्ध जबर्जस्ती करणीको मुद्धामा जाहेरी दिएकी थिइन् ।

उक्त जाहेरीपछि पलले आफुलाई फसाउन गरिएको प्लानको अडियो बाहिर ल्याइदिएका छन् । उनले गायक दुर्गेश थापा, सम्राट चौलागाईं, म्युजिक भिडियो निर्देशक सरोज ओली, आफ्ना म्यानेजर कृष्ण जोशी र गायिका समिक्षा अधिकारी बीचको अडियो संवाद लिक गरिदिएका हुन् ।

उनले स्टाटसमा ती चार व्यक्तिले समिक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढंगले आफुमाथि षड्यन्त्र रचेको पनि उल्लेख गरेका छन् ।

यस्तो छ स्टाटस:

अडियो सुन्न यो भिडियो क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस्