सौगात र सृष्टिको ‘राधा’ भदौमा रिलिज हुने



रंगखबर, काठमाडौँ – ‘सुनगाभा’ फेम्ड निर्देशक सुवर्ण थापाको आगामी फिल्म ‘द सिक्रेट अफ: राधा’को प्रदर्शन मिति तय गरिएको छ ।

सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म आगामी भदौ २४ देखि प्रदर्शनमा आउनेछ ।

निर्देशक थापा र अभिनेता मल्लले निर्माण गरेको फिल्ममा सौगात र सृष्टिसँगै खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा अभिनेता दयाहाङ राई र निश्चल बस्नेतको अतिथि भूमिका रहेको निर्माण पक्षले बताएको छ ।

आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई मकवानपुर जिल्लाको पालुङ आसपासमा खिचिएको हो ।

नरेन्द्र मैनालीले खिचेको फिल्ममा कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

निर्देशक थापाले निर्देशन गरेको अर्को फिल्म ‘म’ जेठ २० मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्