स्थानीय चुनावका कारण तीन साता पछाडी धकेलियो ‘कबड्डी ४’को रिलिज



रंगखबर, काठमाडौँ – बैशाख ३० मा नेपाल सरकारले स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेपछि चुनावको एक साता अगाडी रिलिज हुने भनिएको फिल्म ‘कबड्डी ४: द फाइनल म्याच’ पोस्टपोण्ड भएको छ ।

यो फिल्म पुर्व निर्धारित मितिबाट तीन साता पछाडी धकेलिदै जेठ १३ मा पुगेको हो ।

निर्देशक रामबाबु गुरुङले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै लेख्छन, ‘नेपाल सरकारले स्थानीय तहकाे निर्वाचन बैशाख ३० गते गर्ने घाेषणा गरेकाेले चलचित्र ‘कबड्डी ४’काे प्रदर्शन मिति परिवर्तन गरेका छाैं ।’

रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुस्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।

‘कबड्डी’का अघिल्ला तीन शृंखला बक्सअफिस ब्लकबस्टर सावित भएका थिए । त्यसैले यसको चौथों भागले पनि बक्सअफिस सकारात्मक नतिजा दिने अपेक्षा गरिएको छ ।

विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा/एसडी योगी/अनुपम शर्माको संगीत, शैलेन्द्रध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

फिल्म टिजर यसअघि नै सार्वजनिक भैसकेको छ । उक्त टिजरले दर्शक माँझ हाइप क्रियट गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्