MYGG2 BO: पहिलो साताको व्यापार पाँच करोड नजिक



रंगखबर, काठमाडौँ – अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ले बक्सअफिस राम्रो व्यापार गरेको छ ।

निर्माण पक्षले सार्वजनिक गरेको रिपोर्ट अनुसार फिल्मले पहिलो साता घरेलु बक्सअफिसबाट ४ करोड ९५ लाख ग्रस कलेक्सन गर्न सफल भएको हो ।

पहिलो विकेन्ड (शुक्रबार र शनिबार) १ करोड ८० लाख ग्रस कलेक्सन गरेको फिल्मले बाँकी पाँच दिनमा ३ करोड १५ लाखको व्यापार गर्न सफल भएको हो । फिल्मको वीकडेज व्यापारमा महाशिवरात्री विदा र पल शाह पक्राउ प्रकरणले ठुलो सहयोग पुर्यायो ।

 

कमजोर समिक्षाका वावजुत फिल्मले गरेको कलेक्सनलाई उत्कृष्ट मान्न सकिन्छ । ट्रेड भन्छ, ‘पल शाह पक्राउ प्रकरणले फिल्मको व्यापारमा ठुलो सहयोग पुर्यायो ।’

सुदर्शन थापा निर्देशित म्युजिकल लभस्टोरी फिल्ममा पलसँगै अभिनेत्री पूजा शर्माको मुख्य भूमिका छ ।

फिल्म चल्नु पछाडीका अनेक कारण होलान । तर, ‘म यस्तो गीत गाउँछु २’को व्यापारले प्रदर्शनको पालो कुरिरहेका फिल्मलाई हौसला मिलेको छ ।

यो फिल्मले पहिलो साता बलिउडको ‘गंगुबाई काठियावाडी’लाई मल्टीप्लेक्स मै कडा टक्कर दिइरहेको थियो । भने, सिंगल स्क्रिन तर्फ विस्तापित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्