‘फोटो फिरिममा’को चाइल्ड भर्सनमा सुप्रिम मल्ल ठकुरीको आवाज ~ भिडियो ~



रंगखबर, काठमाडौँ – संचारकर्मी तथा कलाकार शिशिर भण्डारीलाई ‘फोटो फिरिममा’ गीतले दर्शक माँझ अर्को परिचय थपिदियो ।

यस वियोगान्त गीतबाट उनि संगीतकारको रुपमा पनि अगाडी बढे । रचना रिमालको आवाजमा ‘फोटो फिरिममा’ले लोकप्रियता कमाएपछि उनले प्रताप दासलाई लिएर यसको मेल भर्सन बजारमा ल्याए ।

मेल भर्सनको सफलतापश्चात उनले चाइल्ड भर्सनमा ‘फोटो फिरिममा’ सार्वजनिक गरेका छन् ।

शिशिर कै शब्द र संगीत रहेको गीतमा ‘द भ्वाइस किड्स – नेपाल’का प्रतिस्पर्धी सुप्रिम मल्ल ठकुरीले आवाज दिएका छन् । उनको सुरिलो स्वरले गीतलाई न्याय गरेको छ ।

अघिल्ला भर्सनको म्युजिक भिडियोमा पुरुष र महिला बीचको प्रेम र विछोड देखाइएको थियो । यसपटक भने आमा-बाबु सन्तानप्रति उत्तरदायी नहुँदा बच्चाले झेल्नु परेको दु:ख. र भावनाको नातालाई मर्मस्पर्सि ढंगले भिडियोमा उतारिएको छ ।

शिशिर कै निर्देशन र कथा रहेको भिडियोमा शिशिरसँगै अशिम भण्डारी, आश्मा गिरी, राइनेक्स बस्नेत, दीपेन्द्र सोनम र श्रद्धा गौतमले अभिनय गरेका छन् ।

ज्ञानेन्द्र शर्मा हुमागाईंले खिचेको म्युजिक भिडियोमा दिन्सोन शाहको सम्पादन छ ।

गीतले सार्वजनिक भएको दुई दिन मै ७ लाख बढी भ्युज पाइसकेको छ । साथै, यो गीत नेपाल युट्युब ट्रेन्डिङको तेस्रो नम्बरमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्