‘पर्पला’मा टिकेको पुकारको विश्वास



रंगखबर, काठमाडौँ – अभिनेता पुकार गौतम नेपाली फिल्ममा जम्दै गरेका नवकलाकार हुन् । उनले दुई फिल्म ‘झिल्के’ र ‘ह्याप्पी न्यु ईयर’मा आफ्नो अभिनय क्षमता देखाइसकेका छन् ।

उनि अभिनित तेस्रो फिल्म ‘पर्पला’ प्रदर्शनको क्रममा छ । हरर जनरामा बनेको यस फिल्मबाट भने पुकार निक्कै आशावादी छन् ।

अघिल्ला दुई फिल्म बक्सअफिसमा पिटिएका कारण पुकार दर्शक माँझ खास्सै नोटिस भएनन् । ‘पर्पला’बाट भने आफ्नो करिअरले गति लिनेमा उनि आशावादी छन् ।

हाल अस्ट्रेलियामा बसोबास गर्ने भएपनि नेपाली फिल्म प्रतिको माया र फिल्ममा अभिनय गर्ने रुचि कहिले नमर्ने उनले बताए ।

उनले ‘पर्पला’को प्रदर्शन पश्चात आफुलाई अन्य फिल्मको पनि अफर आउने आशा राखेका छन् । उनि आफ्नो सजिलो जनरा रोमान्सलाई मान्छन ।

विज्ञापनबाट मिडिया करिअर सुरु गरेका पुकारले केहि म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । यदि अस्ट्रेलिया नगएर नेपाल मै भएको भए आफ्नो कलाकारिता यात्राले लामो फड्को मारिसक्ने उनि बताउछन ।

चकलेटी लूक्स र अग्लो कदका पुकारले डेब्यु फिल्म ‘झिल्के’मा अभिनेत्री झरना थापा र दोस्रो फिल्म ‘ह्याप्पी न्यु ईयर’मा अभिनेत्री सन्ध्या केसीसँग जोडी बाँधेका थिए ।

मनोज अधिकारीले निर्देशन गरेको ‘पर्पला’मा पुकारसँगै निखिला बुढाथोकी, रोजी पन्त, अष्ट्रेलियन कलाकार ओल्गा तमरालगायतका कलाकारहरुको अभिनय छ ।

निर्माता तथा कलाकार भानु प्रतापको निर्माणमा बनेको ‘पर्पला’मा कास्मिर डिक्सनको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।

छिट्टै नै प्रदर्शनमा आउने फिल्मको रिलिज डेट भने फाइनल भएको छैन ।

फिल्म ‘पर्पला’को फस्टलुक

प्रतिक्रिया दिनुहोस्