‘कालापत्थर’ पुगेर के भनिन मनिषा कोइरालाले ?



रंगखबर, काठमाडौँ – नेपाली मूलकी बलिउड अभिनेत्री मनिषा कोइराला ‘कालापत्थर’ पुगेकी छन् । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ‘साथसाथै’ संस्थाले आयोजना गरेको ‘जलवायुमा महिला न्याय’ भन्ने कार्यक्रममा सहभागी हुन् ‘कालापत्थर’ पुगेकी हुन् ।

उनि हेलिकप्टर माध्यमबाट ५ हजार ६ सय ४४ मिटरको ‘कालापत्थर’ पुगेकी हुन् ।

विभिन्न क्षेत्रका ४० बढी महिलाहरु काठमाडौँदेखि १३ दिने पदयात्रा गर्दै ‘कालापत्थर’ पुगेर जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरेका हुन् ।

अभिनेत्री कोइरालाले जलवायु परिवर्तनका असरबाट महिला बढी पीडित भएकाले यसको समाधानका लागि पहल गर्न महिला एकजुटको आवश्यकता रहेको बताएकी छन् । उनले जलवायु अनुकूलन र न्यूनीकरणका कार्यमा महिलाको योगदान ठूलो रहेको उल्लेख गर्दै आगामी दिनमा यस विषयलाई सार्वजनिक रुपमै उजागर गर्नुपर्ने खाँचो औल्याएकी छिन् ।

पुरा समाचारको लागि यो शिर्षक थिच्नुहोस् 

जलवायुमा महिलाको न्याय माग्दै सगरमाथासम्म पदयात्रा, महिला दिवसमा कालापत्थर घोषणापत्र जारी (भिडिओ)

प्रतिक्रिया दिनुहोस्