रंगखबर, काठमाडौँ – निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘वर एण्ड वधु’को मुख्य पुरुष कलाकार फाइनल भएका छन् ।

निर्देशक चाम्सले विवेक कर्माचार्यलाई आफ्नो फिल्मको शिर्ष भूमिकामा साइन गराएका छन् । विवेक उर्फ ‘वर’ले अब अभिनेत्री आँचल शर्मासँग जोडी बाँध्नेछन् । ‘वधु’को भूमिकामा आँचल यसअघि नै फाइनल भैसकेकी थिइन् ।
नेपाली फिल्ममा डेब्यु गर्न लागेका विवेकले माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरेका छन् ।
कमेडी र प्रेमकथामा निर्माण हुने फिल्मका लागि आँचलले मिहेनत गरिरहेकी छन् । उनले फिल्म कै लागि भनेर तौल पनि घटाएकी छन् ।
एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुने फिल्म एक महिनापछि फ्लोरमा जानेछ ।