‘बुलाकी’ मेरो लागि आत्मीय काम – सुरक्षा पन्त



रंगखबर, काठमाडौँ – अभिनेत्री सुरक्षा पन्त अभिनित फिल्म ‘बुलाकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सुरक्षा मात्र फिचर्ड छिन ।

कर्णालीको रहनसहनलाई आधार बनाएर निर्माण गरिएको यस फिल्ममा सुरक्षासँगै नरेन खड्का, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, बिराज विष्ट, प्रकाश कँडेल, कुलदीप अधिकारी, झलनाथ खत्रीलगायतका कलाकारहरुको अभिनय छ ।

अभिनयमा पोख्त मानिने अभिनेत्री पन्तले यस फिल्ममा कर्णालीका महिलाको भूमिका निर्वाह गरेकी छन् ।

उनि फेसबुकमा पोस्टर शेयर गर्दै लेख्छिन, ‘बुलाकी मेरो लागि निकै आत्मीय काम हो । कर्णालीको सेरोफेरोमा बसेर भोग्न पाएको परिवेश अनि भाषालाई आत्मसाथ गरेर बोल्न खोजेको कथाको पहिलो पोस्टर आज रिलिज भएको छ।हामी सम्पुर्ण टिमलाई बधाई दिन चाहन्छु।’

लक्ष्मण सुनारको निर्देशनमा तयार फिल्मलाई कर्णाली प्रदेशका डोल्पा, जाजरकोट र रुकुम जिल्लामा छायांकन गरिएको हो ।

स्व. मोति विष्टको प्रस्तुति रहेको फिल्म छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको व्यानरमा निर्माण गरिएको हो ।

शिव ढकालले खिचेको फिल्ममा टोपेन्द्र विष्टको निर्माण र सौगात कँडेलको सहनिर्माण रहेको छ ।

निर्माण पक्षले चाडैं नै फिल्मको रिलिज डेट र टिजर सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्