प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी २’ दशैँमा रिलिज हुने



रंगखबर, काठमाडौँ – लोकप्रिय गायक प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी २’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म २०७९ को दशैँमा रिलिज हुनेछ ।

निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट फाइनल गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा सिवाकोटी र प्रशान्त तामाङ फिचर्ड छन् ।

पोस्टरमा देखिएको कलाकारको निरास अनुहारलाई हेर्दा ‘परदेशी २’ भावनात्मक बनेको अनुमान लगाउन सकिन्छ ।

नारायण रायमाझीले निर्देशन गरेको फिल्म गएको दशैँमा रिलिज हुने भनिएको थियो । तर, कोरोनाका कारण एक वर्ष पछाडी धकेलिएको हो ।

निर्देशक रायमाझीले यसअघि निर्देशन गरेका फिल्म ‘परदेशी’ र ‘गोर्खा पल्टन’ बक्सअफिसमा सुपरहिट सावित भएका थिए ।

रमेश बिजीको कथा रहेको फिल्ममा निर्देशक रायमाझी र कथाकार बिजीको पटकथा/संवाद रहेको छ ।

नारायण इन्टरनेशनल प्रालिको व्यानरमा निर्माण गरिएको फिल्ममा बीबी अनुरागीको संगीत, मानकृष्ण महर्जनको छायांकन, गोविन्द राई/रामजी लामिछानेको कोरियोग्राफी र दिर्घ खड्काको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्