आलियाको स्टारडम: ‘गंगुबाई काठियावाडी’ले कमायो सय करोड



रंगखबर, काठमाडौँ – आलिया भट्ट स्टारर फिल्म ‘गंगुबाई काठियावाडी’ले घरेलु बक्सअफिसमा सय करोड माथि कलेक्सन गर्न सफल भएको छ ।

प्रदर्शनको १३ औँ दिनमा फिल्मले सय करोड क्लबको माइलस्टोन पार गरेको हो । बुधबार थप ३ करोडको कारोबार गरेसँगै सय करोड माथिको आँकडा छुन सफल भयो ।

१०.५० करोडको ओपनिङ गरेको फिल्मले पहिलो साता ६८.९३ करोड भारु कलेक्सन गरेको थियो । १३ दिने कलेक्सन १०२.६४ पुगेको छ ।

सोलो अभिनेत्रीको रुपमा आलियाको यो दोस्रो सय करोड माथि कमाउने फिल्म हो । यसअघि आलिया स्टारर ‘राजी’ले घरेलु बक्सअफिसमा १ सय २४ करोडको व्यापार गरेको थियो ।

संजयलीला भन्साली निर्देशित फिल्ममा आलियासँगै अजय देवगण, विजयराज, इन्दिरा तिवारी, शान्तनु महेश्वरीलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्