‘प्रकाश’ बन्दा यस्तो देखिए प्रदीप, दीयाको पनि भिन्न अवतार



रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । बिहिबार प्रदीपको जन्मदिनको अवसर पारेर निर्माण पक्षले प्रदीपको लूक्स खुलाएको हो ।

सार्वजनिक पोस्टरमा प्रदीपलाई निक्कै भिन्न अवतारमा देख्न सकिन्छ । यसअघिका फिल्ममा लभरव्वाय भूमिकामा देखिदै आएका प्रदीपले यसपटक चुनौती मोलेरै नयाँ पात्रको रुपमा आफुलाई ढालेका छन् ।

उनको गाउँले लूक्सले दर्शकको ध्यान केन्द्रित गर्न सक्छ । उनले विकट गाउँमा सरकारी शिक्षक बन्ने युवकको भूमिका निर्वाह गरेका छन् । सरकारी शिक्षक बन्ने संघर्ष नै फिल्मको मूल कथा हो ।

पोस्टरमा प्रदीपसँगै दीया मास्केपनि फिचर्ड छिन । उनिपनि गाउँले महिलाको भूमिकामा छिन ।

दिनेश राउतले निर्देशन गरेको फिल्म २०७९ सालको भदौ १० गतेदेखि प्रदर्शनमा आउनेछ ।

बिकास सुवेदीको लेखन रहेको फिल्ममा प्रदीप र दीयासँगै प्रकाश घिमिरे, राजन खतिवडा, अमजद परवेज, रेणु योगी, लोकेन्द्र लेखक, निरज पन्थीलगायतका कलाकारहरुको अभिनय छ ।

बिनिश इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा महेन्द्र अधिकारीको लगानी छ ।

ताराप्रकाश लिम्बु, एलिश कार्की, दीपक शर्मा, सुबास भुसालको संगीत, राजेश श्रेष्ठको छायांकन र जीवन थापाको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्