‘दुख्छ मन’मा खुलेको आकाश र एलिजाको जोडी ~ भिडियो ~



रंगखबर, काठमाडौँ – मोडल तथा अभिनेत्री एलिजा गौतम फिचर्ड नयाँ म्युजिक भिडियो ‘दुख्छ मन’ सार्वजनिक भएको छ ।

मेलिना राई र प्रताप दासको स्वर रहेको रोमान्टिक गीतमा एलिजा र अभिनेता तथा मोडल आकाश श्रेष्ठ बीचको प्रेम देख्न सकिन्छ ।

गीतमा आकाश र एलिजाको बीचको केमेस्ट्री मज्जाले जमेको छ । भिडियोमा जोडीको सामिप्यता दर्शकले महसुस गर्न सक्छन ।

साजन कटेलको शब्द रचना रहेको गीतमा सरोज पोखरेलको संगीत छ ।

प्रहिल कार्कीले निर्देशन गरेको म्युजिक भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र माधव बेलबासेको सम्पादन छ ।

यो गीत तुलसा इन्टरटेनमेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्