प्रकाशको ‘पिर’को प्रभाव



रंगखबर, काठमाडौँ – जब प्रकाश सपुत नयाँ सिर्जना बजारमा ल्याउछन, तव सांगीतिक बजार तरंगित हुन्छ । संगीत, गायन, शब्द सिर्जनासहित उनि दर्शकको मनमा बस्न सफल हुन्छन ।

त्यसैले त प्रकाशले ल्याउने प्रत्येक गीतको दर्शकले प्रतिक्षा गरिरहेका हुन्छन । दुई दिन अगाडी रिलिज भएको गीत ‘पिर’ले यतिबेला धमाका पिटिरहेको छ ।

युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा रहेको गीतलाई लिएर कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केहि नेताहरुले असन्तुष्टि जनाएका छन् । यतिसम्मकी ‘पिर’ गीतलाई लिएर उनीहरुले प्रकाशले दण्डनीय कार्य गरेको भन्न भ्याए ।

वाईसीयल इञ्चार्ज नेता राम प्रसाद सापकोटा दीपशीखा, अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चासिंहलगायतका माओवादीकर्मीहरुले गीत हटाउन चेतवनीसमेत दिएका छन् ।

माओवादीको केहि हुल गीतको विपक्षमा देखिएपनि दर्शक भने प्रकाश सपुत कै पक्षमा छन् । यस्तै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईपनि गीतको पक्षमा देखिएका छन् ।

‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले @PrakashSaput को गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ ।त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’ उनले गायकलाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।

विरोध गर्नेहरु बने ट्रोल 

‘पिर’ गीतलाई विरोध गर्नेहरु ट्रोल बनेका छन् । देशका चलेका ट्रोल पेजहरुले विरोधीहरुको ट्रोल गरिरहँदा सामाजिक संजालकर्ताहरुले त्यसको मज्जा लिइरहेका छन् ।

दर्शकहरुले आइतबार गीतको सपोर्टमा शब्दहरु खर्चिदै सामाजिक संजालमा आगो बालिरहे ।

संगीतकर्मीहरु पनि सपुतको पक्षमा देखिंदा गीतलाई केहि हदसम्म राहत मिलेको छ । कमेन्ट बक्समा पनि दर्शकहरुले गीत हटाउन नहुने भन्दै प्रतिक्रिया दिएका छन् ।

२६ लाख भ्युज पाइसकेको गीतमा २२ हजार बढी प्रतिक्रिया आएका छन् । जसमध्ये ९९ प्रतिशत भन्दा बढी प्रतिक्रिया गीतको पक्षमा लेखिएका छन् ।

यौनकर्मी लडाकुलाई लिएर माओवादीको विरोध 

जनयुद्धमा माओवादीको साथ दिएर सत्ता परिवर्तनका लडेका लडाकुहरुको वर्तमान अवस्थाबारे बनेको भिडियोमा लडाकु महिलालाई यौनकर्मीको रुपमा देखाएपछि माओवादी नेताहरु रुष्ट भएका हुन् ।

स्थानीय चुनावको मुखमा गीतले आफ्नो पार्टीलाई नतिजामा असर गर्ने दखिएपछि गीतको विरोध थालनी भएको हो ।

गायक सपुत कै शब्द, संगीत र स्वर रहेको गीतमा सुरक्षा पन्त, प्रविष्टि बिके, लोकेन्द्र लेखक, केशु पुन ‘केशरी’, पुष्पा अवस्थी, विशाल घिमिरेलगायतले अभिनय गरेका छन् ।

प्रकाश कै कन्सेप्ट र निर्देशनमा तयार म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविण भट्टको सम्पादन छ ।

https://youtu.be/Gep3jLq32OI

प्रतिक्रिया दिनुहोस्