पलले गुमाए ‘२ नम्बरी’, सौगात भित्रिए



रंगखबर, काठमाडौँ – हाल बलात्कार आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहले फिल्म ‘२ नम्बरी’ गुमाएका छन् ।

उनको ठाउँमा अभिनेता सौगात मल्ललाई अनुबन्धित गर्दै निर्माण पक्ष फिल्म छायांकनको लागि तयार भएको छ । यसअघि कोरोना महामारीका कारण छायांकन रोकिदा फिल्मको काम अगाडी बढ्न पाएको थिएन ।

मुख्य कलाकार नै परिवर्तन भएपछी निर्माण पक्षले फिल्मको पटकथा र लगानीकर्ता पनि परिवर्तन गरेको छ ।

दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्ममा सौगातसँगै दयाहाङ राई, वर्षा राउत, उगेन छोदेनको मुख्य भूमिका रहनेछ । फिल्मको छायांकन चैत १५ देखि सुरु हुनेछ ।

मित्रताको कथा भन्ने फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईले लगानी गर्नेछन् । चलचित्रको निर्मातामा सरोज नेपाली छन् ।

यो फिल्मको रिलिज डेट कार्तिक ४ लाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्