जेठ अन्तिममा ऋचाको ‘कौसिद’



रंगखबर, काठमाडौँ – फिल्म ‘कौसिद’ले रिलिज मिति फाइनल गरेको छ । कोरोना महामारीको समयमा छायांकन भएको यो फिल्मलाई दर्शकले जेठ २७ मा हेर्न पाउनेछन ।

फिल्मको प्रदर्शन मितिसँगै निर्माण पक्षले अभिनेता ऋचा शर्मा फिचर्ड पोस्टरपनि सार्वजनिक गरेको छ । पोस्टरमा ऋचालाई पैसाको बिटोसँग देख्न सकिन्छ । उनि विवाहित महिलाको भूमिकामा छिन ।

कुमार भास्करको निर्देशनमा तयार फिल्मले वित्तीय ऋणमा फसेको एक परिवारको कथा भन्छ । केहि समय अगाडी सार्वजनिक फिल्मको टिजरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।

नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको लेखन रहेको फिल्ममा ऋचासहित भोलाराज सापकोटा, सदिक्षा गौतम, परिक्षित विक्रम राणा, रुपेश दाहाल, निर्भिक भट्टराई, सागर भट्टराईलगायतका कलाकारहरुको अभिनय छ ।

बड पिक्चर्सको व्यानरमा निर्मित फिल्ममा ऋचा शर्माको प्रस्तुति र केदार भुषालको निर्माण छ । निसाल पौडेलको छायांकन रहेको फिल्ममा मित्र डि. गुरुङ र भिम विश्वकर्माको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्