रंगखबर, काठमाडौँ – विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३ मि) क्षेत्रमा खिचिएको पहिलो नेपाली फिल्म ‘मन्त्र’को ट्रेलर रिलिज गरिएको छ ।

२ मिनेट ३१ सेकेन्ड लामो ट्रेलरमा मुख्य कलाकार सौगात मल्ल, दीया पुन र बुद्धि तामाङ बीचको कनेक्सन देखाइएको छ । सामागाउँ (३,६६० मि) उचाईमा सौगात र दीयाको प्रेम, झगडा, रोमान्स र विछोड महसुस गर्न सकिन्छ ।
‘अ हिमालयन लभस्टोरी’ उपशिर्षक राखिएको फिल्मलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् । उनले सामागाउँ, मनास्लु बेस क्याम्प, बुढीगण्डकीको जनजीवन र रहनसहनलाई पर्दामा उतारेका छन् । निर्माण पक्षको दावी अनुसार यो फिल्म लार्क्या ला पास (५,१०६ मि) को उचाईसम्ममा खिचिएको छ ।
साम्तेन भुटिया, परिच्छेद सेन र सुनिल नेउरेले लेखेको फिल्ममा नमिता घिसिङ र वीरबहादुर लामाको पनि मुख्य भूमिका छ ।
फिल्ममा संजय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन र सन्तोष सुनारको संगीत छ ।
देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा विराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी छ । भने, सह-निर्मातामा भिमसेन केसी र विशेष सहयोगी अमृत थापा रहेका छन्। ।
यो फिल्म बैशाख १६ गतेदेखि अलनेपाल रिलिज हुँदैछ ।
https://youtu.be/7m8-sDZvQ-c