एमाले प्रवेश गरिन करिश्मा, भन्छिन, ‘देशलाई समृद्धिको दिशामा अघि बढाउन सहयोग गर्छु’



रंगखबर, काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धर नेपाल कम्युनिष्ट पार्टी, एमाले प्रवेश गरेकी छन् ।

मंगलबार राजधानीको थापाथलीस्थित कार्की ब्यांक्वेटमा आयोजित पार्टी प्रवेश समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माला र अबिर लगाइदिदै करिश्मालाई एमालेमा स्वागत गरे ।

पार्टी प्रवेशपछि करिश्माले आफुलाई तीन कुराले एमाले प्रवेश गर्न हौसला मिलेको बताइन ।

‘आजबाट नेकपा एमालेमा रहेर राजनीतिमा अगाडी बढ्ने अठोट गरेकी छु । एमाले प्रवेश गर्नुको पहिलो कारण अध्यक्ष ओली । अध्यक्ष ओलीलाई फुर्क्याउन भनेको चाई होइन । नेता भनेको जनताको पथप्रदर्शक हो । जनतालाई भिजन देखाउने मानिस हो । जनताको अगुवा हो । जनताको भविश्य सुनिश्चित गर्ने पात्र हो । र, त्यो कुरा म केपी ओली जीमा पाउँछु ।’

करिश्माले अगाडी थपिन, ‘उहाँको प्रतिवद्धता, क्षमता, कुशलता र सबैभन्दा बढी ‘एनर्जी’ । उहाँको ‘एनर्जी’ देखेर म ताजुब भएकी छु ।’ पार्टी प्रवेश गर्नुको दोस्रो कारण एमालेले बोकेको मुलुकको परिवर्तन र समृद्धिको सही एजेन्डा रहेको बताइन ।

यस्तै तेस्रो कारणमा अधिकांश नेपाली नागरिकले एमालेसँग सद्भाव राख्ने भन्दै उनले यो पार्टी रोजेको बताइन् ।

करिश्माले एमाले प्रवेश गरेसँगै आफु अब देश समृद्धिको दिशामा अघि बढ्ने बताइन । भागबण्डा र कुनै पदको लोभले पार्टी प्रवेश नगरेको बताउदै करिश्माले आगामी दिनमा पार्टीले दिने जिम्मेवारीबाट पछाडी नहट्नेपनि दावी गरिन ।

प्रतिक्रिया दिनुहोस्