‘चाहन्छु २’मा प्रेमको लागि तड्पीइन युनिषा ~ भिडियो ~



रंगखबर, काठमाडौँ – ‘चाहन्छु’ बोलको गीत हिट भएपछी संगीतकार सरोज पोखरेलले ‘चाहन्छु २’ गीत सार्वजनिक गरेका छन् ।

सार्वजनिक गीतमा प्रताप दासको स्वर र संगीतकार स्वयम्को शब्द रचना छ ।

गीतको म्युजिक भिडियोमा व्यवसायी तथा संचारकर्मी युनिषा महर्जनले मुख्य भूमिका निर्वाह गरेकी छन् । उनि म्युजिक भिडियोको सहनिर्मात्रीसमेत हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो तर्फबाट थोरै भएपनि योगदान दिउँ भन्ने हिसावले आफुले यस म्युजिक भिडियोमा लगानी गरेको युनिषाले बताइन ।

सरोज पोखरेल र संचारकर्मी सुरक्षा भट्टराईको कन्सेप्टमा तयार भिडियोमा युनिषासँगै अमर दाहाल, अमृत दाहाल र सुरक्षा स्वयम्ले अभिनय गरेका छन् ।

साजन कटेलको निर्देशनमा बनेको म्युजिक भिडियोमा दिनेश पराजुलीको छायांकन र राकेश दाहालको सम्पादन छ ।

यो गीत ‘सरोज पोखरेल’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

https://youtu.be/9JgSIVO7SQ8

प्रतिक्रिया दिनुहोस्