‘ए मेरो हजुर ४’ ट्रेलर लन्च: अनमोल र सुहानाको प्रेम, रोमान्स र विछोड



रंगखबर, काठमाडौँ – नयाँ वर्षको अवसर पारेर बैशाख १ मा रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर ४’को ट्रेलर सार्वजनिक गरिएको छ ।

विहिबार राजधानीमा एक प्रेसमिट गर्दै निर्माण पक्षले अनमोल केसी र सुहाना थापा स्टारर फिल्मको ट्रेलर लन्च गरेको हो ।

४ मिनेट लामो ट्रेलरमा अनमोल र सुहाना बीचको नोकझोक, प्रेम, रोमान्स र विछोडका दृश्य अटाएका छन् । सलोन बस्नेत र रक्षा गौतमको कमेडीलाई ट्रेलरमा प्राथमिकता दिइएको छ ।

झरना थापा निर्देशित फिल्मका संवाद मनछुने खालका छन् । जस्तो, ‘माया त्यो होइन, जोसँग जीवन बिताइन्छ । माया त त्यो हो, जो बिना बाच्न सकिदैन ।’

सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा झरना थापा, स्वर्गीय छेतेन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माको पटकथा/संवाद छ ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिलकुमार थापा प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा हिमाल केसीको एक्सन, संजय लामको छायांकन र मित्र डी गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्