‘सरी मम’को छायांकन सुरु, सरिता र प्रभातले दिए मूहूर्त सट



रंगखबर, काठमाडौँ – फिल्म ‘सरी मम’को छायांकन सुरु भएको छ । विहिबार राजधानीको भद्रकाली मन्दिरमा पुजाआजा गर्दै निर्माण पक्षले छायांकन सुरु गरेको हो ।

शुभमुहूर्तमा अभिनेत्री सरिता लामिछाने र कलाकार प्रभात पालले रञ्‍जित रानाको निर्देशनमा मुहूर्त सट दिए । निर्माता तथा वितरक गोपालकाजी कायस्थले क्ल्याप हानेका थिए ।

नविन बोगटीले निर्देशन गर्ने फिल्ममा सरिता र प्रभातसँगै सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाईं र प्रविल कटुवालको अभिनय रहनेछ ।

एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने फिल्मलाई विनोद लामाले प्रस्तुत गर्नेछन ।

३० दिने छायांकन सेड्युल तय गरिएको फिल्ममा दीर्घ गुरुङको छायांकन रहनेछ । सामाजिक कथाबस्तु बोकेको फिल्मलाई दशैँ र तिहारको विचमा रिलिज गर्ने निर्माण पक्षको योजना छ ।

प्रतिक्रिया दिनुहोस्