आकाश र पूजाको ‘सम्झना बिर्सना’ जेठमा, ‘लाइफ इन एलए’सँग टक्कर



रंगखबर, काठमाडौँ – कोरोना महामारीका कारण समय मै रिलिज हुन नपाएको फिल्म ‘सम्झना बिर्सना’ले रिलिज मिति तय गरेको छ ।

आकाश श्रेष्ठ र पूजा शर्मा स्टारर फिल्म जेठ ६ देखि प्रदर्शनमा आउनेछ ।

निमेष प्रधानले निर्देशन गरेको फिल्मको पोस्टरमा आकाश र पूजालाई रोमान्टिक अन्दाजमा देख्न सकिन्छ ।

निर्देशक प्रधानकै पटकथा संवाद रहेको फिल्ममा आकाश र पूजासँगै सुनिल थापा, शिशिर राणा र छुल्ठिम गुरुङको पनि मुख्य भूमिका छ ।

आदित्य प्रधान र रेबेका प्रधानको निर्माण रहेको फिल्ममा शिव ढकालको छायांकन, शिशिर राणा/निमेष प्रधानको संवाद, राजन इशान/सुदर्शन तामाङको संगीत, कमल राईको कोरियोग्राफी र तारा थापा (किम्भे)को सम्पादन छ ।

‘लाइफ इन एलए’सँग बक्सअफिस जुधाई 

जेठ ६ लाई ‘सम्झना बिर्सना’ले रिलिज तोकेसँगै यो मितिमा दुई फिल्मको भिडन्त पक्का भएको छ । केहि दिन अगाडी मात्रै शिल्पा मास्के र अकेशा विष्ट अभिनित ‘लाइफ इन एलए’ले जेठ ६ लाई रिलिज तोकेको थियो ।

सुर्य एन श्रेष्ठको निर्देशनमा तयार ‘लाइफ इन एलए’ले यसअघि बैशाख ९ लाई रिलिज तोकेको थियो । तर, समस्या देखाउदै जेठ ६ नयाँ रिलिज मिति छनोट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्