कर्मा अभिनित ‘षट्कोण’को प्रदर्शन मिति फाइनल



रंगखबर, काठमाडौँ – कर्मा स्टारर साइकोलोजिकल थ्रिलर फिल्म ‘षट्कोण’को रिलिज मिति तय भएको छ । मिलन डि काप्रीको डेब्यु निर्देशित फिल्मले बैशाख २३ लाई प्रदर्शन मिति तोकेको हो ।

सार्वजनिक पोस्टरमा कर्मा मात्र प्रस्तुत छन् । फिल्ममा कर्माले एउटा हत्याको घटनालाई खोजी गर्ने पत्रकारको भूमिका निर्वाह गरेका छन् ।

शिशिर लिम्बु वानेमको कथा र पटकथा रहेको फिल्ममा कर्मासँगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमलगायतका कलाकारको अभिनय छ । फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा आङ्चेन लामाको छायांकन र सागर खनाल/निर्देशक काप्रीको सम्पादन छ ।

यो फिल्म वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्