‘ए मेरो हजुर ४’को नयाँ गीतमा अनमोल र सुहानाको सामिप्यता



रंगखबर, काठमाडौँ – अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिमि र म’ बोलको गीतमा अनमोल र सुहानाको सामिप्यता महसुस गर्न सकिन्छ ।

प्रतिक पौडेलको शब्द तथा संगीतमा तयार गीतमा उदयराज पौडेलको स्वर छ । गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

झरना थापाको निर्देशनमा बनेको फिल्म बैशाख १ देखि अलनेपाल प्रदर्शनमा आउदैछ । फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेतको पनि मुख्य भूमिका छ ।

सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा झरना थापा, स्वर्गीय छेतेन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माको पटकथा/संवाद छ ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिलकुमार थापा प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा हिमाल केसीको एक्सन, संजय लामको छायांकन र मित्र डी गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्