रंगखबर, काठमाडौँ – गायिका अनिता चलाउनेले नयाँ गीत ‘लैजाउ लैजाउ’ सार्वजनिक गरेकी छन् ।
सार्वजनिक गीतमा अनिता र प्रविण बेडवालको स्वर छ । अर्जुन पोखरेलको शब्द, संगीत र एरेञ्ज रहेको गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ ।
गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल/आकाश श्रेष्ठ र अभिनेत्रीद्वय केकी अधिकारी/रुबिना थापासहित रमा शाही फिचर्ड छन् ।
रामजी लामिछानेको निर्देशन रहेको म्युजिक भिडियोमा मानकृष्ण महर्जनको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।