किरण गजमेरले ल्याए ‘बर्षौंपछि…’



रंगखबर, काठमाडौँ – गायक किरण गजमेरले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै आवाज रहेको गीत ‘बर्षौपछि…’ सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गीतमा अम्बर तुम्बाफेको शब्द/संगीत र किरण स्वयमको एरेञ्ज छ ।

‘द भ्वाइस अफ नेपाल – सिजन ३’का विजेता गजमेरले गीतको भिडियोमा अभिनयसमेत गरेका छन् । भिडियोमा गजमेरसँगै नग्मा श्रेष्ठ, सुरज तामाङ र विक्रम तामाङपनि अभिनय गरेका छन् ।

सुरज तामाङले निर्देशन गरेको म्युजिक भिडियोमा विशाल थापाको छायांकन र सनम मगरको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्