पूजाको ‘परेलीमा’ लुक्न तयार आकाश ~ भिडियो ~



रंगखबर, काठमाडौँ – आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित फिल्म ‘सम्झना बिर्सना’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले राजधानीमा एक प्रेसमिट आयोजना गर्दै ‘परेलीमा’ बोलको रोमान्टिक गीत रिलिज गरेको हो ।

सार्वजनिक गीतमा पूजा र आकाशलाई पुन: एक पटक रोमान्टिक अन्दाजमा देख्न सकिन्छ । सिक्किमका रमणीय दृश्यहरुसँग पूजा र आकाशको प्रेम झल्किन्छ ।

निमेष प्रधानको शब्द, संगीत र आवाज रहेको गीतमा गायनमा अन्जु पन्तले स्वर दिएकी छन् । गीतको भिडियो कोरियोग्राफी कमल राईले गरेका हुन् ।

जेठ ६ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा निमेष प्रधान कै कथा, पटकथा र निर्देशन छ । फिल्ममा पूजा र आकाशसँगै छुल्ठिम गुरुङ, सुनिल थापा र शिशिर राणालगायतका कलाकारहरुको अभिनय छ ।

निमेष प्रधान र शिशिर राणाको संवाद रहेको फिल्ममा कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र तारा थापा (किम्भे)को सम्पादन छ ।

अदुइत्य प्रधान र रेबेका प्रधानले संयुक्त रुपमा यो फिल्मको निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्