प्रदीपको निर्देशनमा ‘महापुरुष’ बन्दै महजोडी !



रंगखबर, काठमाडौँ – ‘जात्रा’, ‘शत्रुगते’ र ‘जात्रै जात्रा’ जस्ता सुपरहिट फिल्म निर्देशन गरिसकेका प्रदीप भट्टराईले नयाँ फिल्म ‘महापुरुष’ निर्देशन गर्ने भएका छन् ।

फिल्मको कलाकारमा वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र अभिनेत्री गौरी मल्ल फाइनल भएका छन् । यस्तै यहि फिल्मबाट अरुण क्षेत्रीले अभिनेताको रुपमा डेब्यु गर्नेछन् । कलाकारको भूमिका भने खुलाइएको छैन ।

षट्कोण आर्ट्स प्रस्तुति रहने फिल्ममा दिपेश खत्रीले लगानी गर्नेछन् । यस्तै कार्यकारी निर्माताको रुपमा रविन्द्र सिंह बानियाँ हुनेछन । रविन्द्रले यसअघि प्रदीपको भट्टराईको निर्देशनमा ‘जात्रा’ सिरिजमा पनि कार्यकारी निर्माण सम्हालेका थिए ।

नरेन्द्र मैनालीले खिच्ने फिल्म बैशाख दोस्रो सातादेखि फ्लोरमा जानेछ ।

निर्माण पक्ष अन्य थप कलाकारको छनोट चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्