‘ए मेरो हजुर ४’को लागि जी-बबले गाएको गीत ट्रेन्डिङ शिर्ष स्थानमा



रंगखबर, काठमाडौँ – पछिल्लो समयका लोकप्रिय र्यापर जी-बबको गीत ‘भाग भाग न दे अब धेरै धाक’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लिएको छ ।

फिल्म ‘ए मेरो हजुर ४’मा समावेश गीतले २४ घण्टा नपुग्दै ट्रेन्डिङको शिर्ष स्थान कब्जा गरेको हो । गीतको शब्द र संगीत जी-बब स्वयमको हो । हुक लाइन लिरिक्स भने सुरेन्द्र गुरुङ (हाकिम)को हो ।

गीतको भिडियोमा फिल्मका कलाकार सुहाना थापा, अनमोल केसी र नीराजन प्रधान फिचर्ड छन् । रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा डान्स क्लबको दृश्यहरु समावेश गरिएको छ ।

यो गीतलाई २१ घण्टाको अवधिमा झन्डै १० लाख भ्युअर मिलेको छ । फिल्म प्रचारलाई मध्येनजर गर्दै गीतको छोटो अंश मात्र सार्वजनिक गरिएको छ । पुरा गीत भने हल मै हेर्न पाइने निर्माण पक्षले बताएको छ ।

झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ नयाँ वर्षको अवसरमा बैशाख १ देखि अलनेपाल रिलिज हुँदैछ ।

रोमान्टिक प्रेमकथामा आधारित फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेतको पनि मुख्य भूमिका छ ।

सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा झरना थापा, स्वर्गीय छेतेन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माको पटकथा/संवाद छ ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिलकुमार थापा प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा हिमाल केसीको एक्सन, संजय लामको छायांकन र मित्र डी गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्