अन्जली र जोर्डनको ‘धेरै भो’ सार्वजनिक



रंगखबर, काठमाडौँ – मोडल अन्जली अधिकारी अभिनित नयाँ म्युजिक भिडियो ‘धेरै भो’ सार्वजनिक भएको छ ।

जेम्स प्रधानको शब्द र संगीत रहेको गीतको भिडियोमा अन्जलीसहित जोर्डन राजभण्डारी, राम भण्डारी, किरण कुमार शर्मा, जयराम वर्मा, ममता दाहाल, गीता थापालगायतले अभिनय गरेका छन् ।

संजय किशोरको स्वर रहेको गीतको भिडियो निर्देशन सोनम पाख्रिनले गरेका हुन् ।

भूमिका देवनले निर्माण गरेको म्युजिक भिडियोमा निसल पौडेलको छायांकन र बिकाश दाहालको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्