‘केजिएफ’सँगको प्रतिस्पर्धाका वावजुत ‘ए मेरो हजुर ४’को आक्रामक सुरुवात



रंगखबर, काठमाडौँ – नयाँ वर्षको अवसर पारेर आजबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ४’ले आक्रामक व्यापार गरेको छ ।

अष्टनारायण हलमा दर्शकसँग साक्षात्कर गर्दै निर्देशक झरना थापा, सुहाना थापा र अनमोल कसी

साउथको बहुप्रतिक्षित फिल्म ‘केजिएफ: च्याप्टर २’ सँगको प्रतिस्पर्धा वावजुत अनमोल केसी र सुहाना थापा स्टारर फिल्मले आक्रामक व्यापार गर्न सफल भएको हो ।

‘केजिएफ’का कारण मल्टीप्लेक्स तर्फ सोचेअनुरुपको शोज नपाएपनि, प्राप्त शोज भने पहिलो दिनमा नै हाउसफुल भएका छन् ।

बिहानदेखिका शोज नै हाउसफुल हुँदा दिउँसोको शोमा टिकट पाउन मुस्किल देखिएको छ । सिंगल तर्फपनि दर्शकको उच्च चाप देखिएको छ ।

फिल्मले बुधबार राजधानीमा आयोजित प्रिमियरमा सकारात्मक बटुलेको थियो । पाहुनाले विशेष गरि सुहानाको अभिनय, कथाबस्तु, क्लाइमेक्स र लोकेशनमा प्रशंसाका शब्द खर्चिएका थिए ।

झरना थापा निर्देशित फिल्मले प्रेमकथा बोल्छ ।

प्रतिक्रिया दिनुहोस्