कृष्णको ‘सिंहदरबार झ्यालैमा ऐना’मा शिल्पा र रोशन



रंगखबर, काठमाडौँ – गायक तथा संगीतकार कृष्ण काफ्लेको नयाँ गीत ‘सिंहदरबार झ्यालैमा ऐना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कृष्ण कै संगीत र स्वर छ ।

आवाजमा कृष्णलाई अस्मिता अधिकारीले साथ दिएकी छन् । लोक शैलीको गीतमा मोहन थापाको शब्द रचना छ ।

गीतको भिडियो निर्देशनपनि कृष्ण काफ्ले नै गरेका छन् । भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र मोडल रोशन केसी फिचर्ड छन् । भने, गायक काफ्लेले केमियो भूमिका निर्वाह गरेका छन् ।

भिडियोमा शिशिर खतिको कोरियोग्राफी छ ।

संकल भुजेलले खिचेको म्युजिक भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्