राष्ट्रिय चलचित्र पुरस्कार २०७६/७७: ट्रफी विजेता र सम्मानितको सुची



रंगखबर, काठमाडौँ – चलचित्र बिकास बोर्डले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘राष्ट्रिय चलचित्र पुरस्कार – ०७६/७७’का विजेता घोषणा भएका छन् ।

आइतबार राष्ट्रपति भवन, शीतल निवासमा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली फिल्मकर्मीहरुलाई १० विधामा अवार्ड प्रदान गरिन् ।

समारोहमा दीपेन्द्र के खनाल निर्देशित ‘आमा’ले उत्कृष्ट फिल्मको अवार्ड जित्यो । यहि फिल्मबाट खनालले उत्कृष्ट निर्देशकको अवार्ड उचाले ।

‘छ माया छपक्कै’बाट दीपकराज गिरीले उत्कृष्ट अभिनेताको अवार्ड जित्दा अभिनेत्री तर्फ ‘आमा’बाट सुरक्षा पन्त उत्कृष्ट ठहरिइन ।

उत्कृष्ट फिल्म (आदिवासी, जनजाति, विभिन्न मातृभाषी) तर्फ ‘पचे गोरे’ (गुरुङ भाषा)ले अवार्ड जित्यो ।

उत्कृष्ट लेखन विधामा प्रदीप भट्टराईले ‘जात्रै जात्रा’बाट अवार्ड उचाले । भने, उत्कृष्ट छायांकनमा ‘छ माया छपक्कै’बाट हरि हुमागाईंले बाजी मारे ।

निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले ‘कबड्डी कबड्डी कबड्डी’बाट उत्कृष्ट सम्पादकको अवार्ड जित्दा अवस्था थापाले ‘जीवन काँडा की फूल’बाट प्रोत्साहन पुरस्कार जुरी प्राप्त गरिन् ।

यस्तै नव प्रवेशीको अवार्ड ‘रातो टिका निधारमा’बाट अंकित शर्माको पोल्टामा पर्न गयो ।

वरिष्ठ नायिका भुवन थापा (चन्द)लाई २०६६ साल र वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटालाई २०७७ को ‘चलचित्र दीर्घ साधना सम्मान’ प्रदान गरियो ।

अन्य सम्मान र विधा

राष्ट्रिय चलचित्र पुरस्कार २०७६/२०७७ निर्णायक समिति (जुरी)का पदाधिकारी: (प्रमाण पत्रसहित सम्मान )

१. कृष्ण मल्ल संयोजक
२. लय संग्रौला सदस्य
३. नरेश पौड्याल सदस्य
४. सामीप्यराज तिमल्सेना सदस्य
५. रेजिना उप्रेति सदस्य
६. गिरीश शर्मा आमन्त्रित
७. हरिसिंह रैखोला आमन्त्रित

विशेष चलचित्र पुरस्कार २०७६-२०७७

विशेष चलचित्र २०७६ः (प्रमाण पत्रसहित सम्मान)

१. ‘आमा’ – डि.एस.डिजिटल प्रा.लि. (शर्मिला पाण्डे, दिपेन्द्र के.खनाल)
२. ‘मि न्होर्बै ट’ – (गुरुङ भाषा) पाइला फिल्मस प्रा.लि. (आश बहादुर गुरुङ)
३. ‘नालापानी’ – रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रा.लि. (रिमेश अधिकारी)

विशेष चलचित्र २०७७ः (प्रमाण पत्रसहित सम्मान)

१. ‘सरिता– टेल मी हु आइ एम’ – उमेर ११ वर्ष नेशनल मिडिया प्रोडक्सन प्रा.लि. (रविन आचार्य)

विशेष चलचत्रि छनोट २०७६-२०७७ समितिका पदाधिकारीः (प्रमाण पत्रसहित सम्मान)

१. प्रकाश भट्टराई संयोजक२. दिनेश डि.सी. सदस्य
३. चेतन सापकोटा सदस्य
४. ऋृषि लामिछाने सदस्य
५. निर्मला चौलागाई सदस्य–सचिव
६. चिरञ्जीवी गुरागाई आमन्त्रित

विशेष योगदान सम्मानबाट सम्मान हुने चलचित्रकर्मीहरू: (प्रमाण पत्रसहित सम्मान)

१. राजेश हमाल – नायक
२. शम्भु प्रधान निर्माता – निर्देशक
३. चैत्यदेवी सिंह नायिका – कलाकार
४. शर्मिला मल्ल – नायिका
५. गौरी मल्ल – नायिका
६. चिरञ्जीवी बस्नेत – निर्माता
७. रविन्द्र खड्का – कलाकार
८. नवल खड्का – निर्माता, निर्देशक, कलाकार
९. सुशिल पोखरेल – निर्माता
१०. शर्मिला पाण्डे – निर्माता
११. अर्जुन कुमार डंगोल – निर्माता
१२. मदन घिमिरे – निर्देशक
१३. शंकर प्रसाद कोइराला (एस.पी. कोइराला) – गीतकार (चलचित्र विधामा नीतिगत तहमा योगदान)
१४. राजेशपायल राई – गायक
१५. सुरेश चन्द्र अधिकारी – संगितकार
१६. राजु विक्रम थापा – छायाँकार (प्राविधिक)
१७. कमल राई – नृत्य निर्देशक
१८. विदुर गिरी – चलचित्र पत्रकारिता
१९. लक्ष्मी आचार्य – गायिका
२०. दिपाश्री निरौला – कलाकार, निर्देशक
२१. एन.बि. महर्जन – द्वन्द्व निर्देशक
२२. उदय सुब्बा निर्माता – निर्देशक
२३. सौगात मल्ल – कलाकार
२४. सन्तु तामाङ – मेकअप म्यान (प्राविधिक)
२५. पुष्कर लामा – प्राविधिक
२६. गोपालकाजी कायस्थ – चलचित्र वितरक
२७. रविन्द्र झा – कलाकार
२८. विष्णु चलचित्र मन्दिर, दाङ्ग – (अर्जुन श्रेष्ठ) चलचित्र प्रदर्शक
२९. सुशान्त कुमार श्रेष्ठ – कलाकार, निर्माता
३०. चिरञ्जीवी गुरागाईं – (चलचित्र सम्पदा संरक्षणमा योगदान) अधिकृत, चलचित्र विकास बोर्ड
३१. गिरीश शर्मा – अधिकृत, चलचित्र विकास बोर्ड
३२. प्रभाकर भट्टराई – अधिकृत, चलचित्र विकास बोर्ड
३३. निर्मला चौलागाई – अधिकृत, चलचित्र विकास बोर्ड

वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार – चलचित्र विकास बोर्ड

१. ना.सु., श्री अविनेश आवाज
२. हलुका सवारी चालक श्री कृष्ण बहादुर दनुवार

प्रतिक्रिया दिनुहोस्