असार अन्तिममा केकीको ‘सिल्ली फो’



रंगखबर, काठमाडौँ – केकी अधिकारी स्टारर फिल्म ‘सिल्ली फो’को फस्टलुक पोस्टर र रिलिज डेट सार्वजनिक भएको छ ।

राजबहादुर साने निर्देशित फिल्म असार ३१ बाट अलनेपाल प्रदर्शनमा आउनेछ ।

फिल्मको पोस्टरमा केकीसहित अन्य चार पुरुष कलाकार फिचर्ड छन् । कमेडी जनराको फिल्ममा केकीसँगै धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापालगायतका कलाकारहरुको अभिनय छ ।

दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन रहेको फिल्ममा देव महर्जनको द्वन्द्व, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा (किम्भे)को सम्पादन र शिव विकको कोरियोग्राफी छ ।

ह्याप्पी फिल्म्स प्रालिको व्यानरमा निर्मित फिल्ममा मनोज डीकेको लगानी छ । भने, सह-निर्मातामा विशाल श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्