सागर र निमाको ‘सँग सँगै बाँचौंला’ सार्वजनिक



रंगखबर, काठमाडौँ – मोडल सागर खनाल अभिनित गीत ‘सँग सँगै बाँचौंला’ सार्वजनिक भएको छ । गीतमा सागरको जोडी बनेर मोडल निमा डोल्मा लामा देखिएकी छन् ।

सरोज पोखरेलको संगीत रहेको गीतमा सत्यराज एसआरसीको शब्द रचना र सुगम पोखरेल/मेलिना राईको स्वर छ ।

फिल्मी शैलीको गीतको भिडियोलाई राम कुमार केसीले कुलेखानी, चित्लाङ र गोदावरीलगायतका स्थानमा खिचेका छन् ।

थिलेन लामाको निर्देशनमा तयार म्युजिक भिडियोमा सन्देश शाहको सम्पादन छ ।

https://youtu.be/3okJVjuomzo

प्रतिक्रिया दिनुहोस्