‘लाइफ इन एलए’को ट्रेलर रिलिज, शिल्पा र अकेशासँग ब्यासको प्रेम



रंगखबर, काठमाडौँ – नेपाली र अमेरिकन जीवनशैलीमा आधारित रहेर निर्माण गरिएको नेपाली फिल्म ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बुधबार राजधानीमा एक प्रेसमिटका बीच सार्वजनिक गरिएको फिल्मको ट्रेलरले प्रेमकथा भन्छ । २ मिनेट ५५ सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य कलाकार ब्यास बिस्सु, शिल्पा मास्के र अकेशा विष्ट बीचको प्रेम, रोमान्स र विछोडका उतारचढाव समेटिएको छ ।

जेठ ६ गतेबाट अलनेपाल प्रदर्शनमा आउने यस फिल्मको निर्देशन सुर्य एन श्रेष्ठले गरेका हुन् ।

फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्ममा एलिस कार्की/प्रतिक पौडेलको संगीत, कविराज गहतराज/सुरज श्रेष्ठको नृत्य निर्देशन, बाबु श्रेष्ठ/क्रिस वारेनको छायांकन र भुपेन्द्र अधिकारी/उज्ज्वल ढकालको सम्पादन छ ।

ब्यास इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा ब्यास बिस्सुको निर्माण छ । संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा राजेन्द्र ठकुराठी निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्